प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने
२४ जेठ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै छन् । २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि विराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमा आउँनेछन् । अस्पताल उद्घाटनपछि उनी दिउँसो ३ बजे फर्कने कार्यक्रम छ ।
जीवन विकास समाजको अगुवाइमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल निर्माण भएको छ । सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने नीतिअन्तर्गत अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए ।
स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको उनको भनाइ छ ।२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।
Post Comment