बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
२२ जेठ, झापा ।
‘प्लाष्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो ।
सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका रहेको दोहो¥याउँदै फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न अब निर्ममतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी





Post Comment