रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक
१९ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक तीन बजेका लागि बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता, पार्टीको गतिविधि लगायतका विषयमा छलफल हुने छ । बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment