नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
१५ जेठ, काठमाडौं ।
जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख ४० हजार रुपैयाँ लिएर ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२, बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।
आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, कमेरोटारबाट थापालाई पक्राउ गरेको हो । उनीउपर ठगी गर्न नहुनेसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment