११ श्रावण २०८२, शनिबार

गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा

 

७ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलवारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधवार नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतले उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधवार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले भन्यो । स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो भने अख्तियारमा पनि उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?