चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
७ जेठ, जापान ।
समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् । जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए । पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ ।
नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो । आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु,’ बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएपछि एतोले पत्रकारहरूसँग भनेका छन् । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार अब पूर्व वातावरण मन्क्री शिन्जिरो कोइजुमीले कृषि मन्त्री नियुत्त हुनेछन् ।
Post Comment