२६ जेष्ठ २०८२, आईतवार

विद्युत्‌को पोलमा ज्यान गुमाएका सर्लाहीको उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति

 

४ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा विद्युत्को पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरन नगरपालिका–१२ का उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ । विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र उपेशकी श्रीमती रश्मिला परिवारबीच आइतबार सहमति भएको हो । सहमति अनुसार, परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउन निर्माण सेवाका प्रोपाइटर धिताल मञ्जुर भएका छन् ।

त्यस्तै, मृतकका परिवारलाई पालन पोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने सहमतिपत्रमा उल्लेख छ । त्यस्तै, विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराउन कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ । श्रीमतीलाई रोजगारी त्यस्तै, पोलमा करेन्ट लागेर मृत्यु भएका उपेशकी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने पनि सहमति भएको छ । मृतककी श्रीमती रश्मिलालाई घर पायक पर्ने स्थानमा योग्यता अनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको हो । उनलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराउने सहमति छ । काभ्रे वितरण केन्द्रका कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले रोजगारी सुनिश्चितता गर्न आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment