कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
२ जेठ, काठमाडौं ।
कारको ठक्करबाट काठमाडौंको मध्यबानेश्वरमा एक बालकको मृत्यु भएको छ । कारको ठक्करबाट तीन वर्षका बालक शिवांस झाको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए । बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका बालक झाको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । मृतक बालकका बुबा आलोक कुमार लामो सयमदेखि बानेश्वरमा डेरा गरी बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment