२६ जेष्ठ २०८२, आईतवार

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

 

२ जेठ, काठमाडौं । 

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज चाँदी प्रतितोला १,९४५ रुपैयाँ मा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment