२६ जेष्ठ २०८२, आईतवार

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

 

 १ जेठः चितवन, 

भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।

आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताउनुभयो । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्गहुँदै आवत–जावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।” उप–प्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ ।

” कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापा लगायतले बोल्नुभएको थियो । वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले रु दुई करोड २३ लाख आठ हजार बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताउनुभयो । सो क्षेत्रमा संग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?