११ श्रावण २०८२, शनिबार

कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन

 

२७ वैशाख,कालिकोट  ।

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा बेपत्ता व्यक्तिको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ । सोही जिल्लाको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट वैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट  ५ जना गोताखोरसहितको टोली खटिएको छ । सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य सुरु गरेको हो।

त्यसैगरी दैलेख जिल्लाकोे चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षिय भुवन सार्किको पनि खोजीकार्य जारी छ । कर्णाली नदीमा पोडी खेल्ने क्रममा वैशाख २६ गते बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट उनको खोजीकार्यको लागि सुरक्षाकर्मी खटाइएको छ । बेपत्ता उनको वैशाख २६ गते साँझसम्म खोजीकार्य गर्दा फेला नपरेपछि कार्यालय फर्केको थियो भने सो टोलीले आज पनि खोजीकार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?