११ श्रावण २०८२, शनिबार

रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

 

१२ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ । शुक्रबार प्रतिनधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् । पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन तीन रातको हिरासत स्वतः अवैध छ,’ उनले भने ।

लामिछाने गत २२ चैतमा पक्राउ परेका थिए । २५ चैतमा मात्रै रुपन्देही लगेर पक्राउ पुर्जी दिइएको अर्यालले बताएका हुन् ।लामिछानेमाथि राजनीतिक प्रतिसोध साधिएको पनि उनको भनाइ छ । ‘संसदीय समितिको छानबिन र निष्कर्ष विपरीत उहाँलाई चार वटा जिल्लामा फरक-फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो,’ उनले भने । लामिछानेको सांसद पद निलम्बन भएकोप्रति पनि उनको आपत्ति छ । ‘चितवनका जनताले सुम्पिएको जिम्मवारी निर्वाह गर्न नपरोस् भनेर सम्पति शुद्धीकरणको अभियोग लगाएर सांसद पद निलम्बन गरियो,’ उनले भने । ८ पुस २०८१ देखि लामिछाने सांसद पदबाट निलम्बनमा छन् ।

सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सोही पत्रका आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद् पद निलम्बन हुन निर्णय गरेका थिए ।रास्वपाका कार्यवहाक सभापति अर्याल लामिछानेलाई राज्यले गरेको व्यवहारले प्रतिसोध हो भन्ने छर्लङ्‍ग पारेको पनि बताए । कानुनको आधार बिना अदालतको आदेश नलिएरै पक्राउ गरिएको दोहोर्‍याउँदै उनले भने, ‘प्रहरीको अधिकारीले नै अन्तिम इच्छा भनेर सोध्नुले कानुनी शासनको धब्जी उडाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?