२६ जेष्ठ २०८२, आईतवार

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ

 

१० वैशाख, काठमाडौं । 

प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका–१ घर भएका हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने  ३० वर्षीय आशिष नेपाली रहेका छन् । उनले पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगि १८ हजार रूपैयाँमा बेचबिखन गरेको आरोप छ ।

सोही घटनामा संलग्न रही वारदात मिति देखि फरार रहेका आशिषलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट मंगलबार पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment