साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
१६ पटक हेरिएको
Shares
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

सारांश

  •   नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
  • नेपालगञ्ज रङ्गशालामा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रङ्गशाला सरसफाइ, रङ्गरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
  • उहाँले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रङ्गशालासम्म यातायताको व्यवस्थापनसमेत गरिएको बताउनुभयो ।

४ वैशाख, नेपालगञ्ज। 

नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्ज रङ्गशालामा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रङ्गशाला सरसफाइ, रङ्गरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । उहाँले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रङ्गशालासम्म यातायताको व्यवस्थापनसमेत गरिएको बताउनुभयो ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली नेपालगञ्ज आइसकेका प्रतियोगिताको सञ्चारमाध्यम संयोजक निरज गौतमले जानकारी दिनुभयो । नेपालका सात र भारतका एक टोली गरेर आठ टोलीको सहभागिता रहने सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीमध्ये सुदूरपश्चिम एफसी आज बेलुका नेपालगञ्ज पुग्ने उहाँको भनाइ छ । गौतमले भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने जानकारी दिनुभयो ।

प्रतियोगितामा घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घ टोलीले प्रतिस्पर्धा गर्नेछन् । बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५० हजार ट्रफी, मेडलसहित पुरस्कार प्राप्त गर्नेछन् । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता