आजपा नेपालका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले दिए राजीनामा
२६ चैत, रौतहट :
आम जनता पार्टी (आजपा) नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टीबाट राजीनामा दिएका छन् । लामो समयदेखि राष्ट्रिय अध्यक्ष प्रभु साहसँग सहकार्य गर्दै आएका साहले सामाजिक सञ्जालमार्फत सोमबार राजीनामा घोषणा गरेका हुन् ।
साहले लेखेका छन्, “आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राका लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस्, हार्दिक शुभकामना छ। आजको मिति देखि म पार्टीको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।”
उपेन्द्र प्रभुका अत्यन्त नजिकका सहयोगीका रूपमा चिनिन्थे। पार्टी गठनदेखि नै उनले आजपामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका थिए । उनको राजीनामालाई आजपा नेपालभित्रको आन्तरिक समीकरणमा ठूलो संकेतको रूपमा हेरिएको छ। उनी मधेस प्रदेशका इन्चार्ज समेत रहेका थिए । पार्टीका तर्फबाट भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
Post Comment