बर्दियामा चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते
चितुवाको आक्रमणबाट सात वर्षीय बालक घाइते भएका छन् । गुलरिया नगरपालिका–५ बालापुरका उमेश चौधरीको छोरा सात वर्षीय सर्जन चौधरी बुधबार घाइते भएका हुन् ।
बालक आफ्नो हजुर आमासँग आफ्नै खेतको मकै गोड्न जाँदा बुधबार दिउँसो साढे २ बजे चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालकको घाँटीमा गहिरो चोट लागेको बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डेयले बताए । बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालजंग नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment