२६ जेष्ठ २०८२, आईतवार

साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ

 

 १८ चैत , काठमाडौँ ।

काठमाडौँको गोकर्णेश्वर नपा  ५ बाहुन धारामा एक व्यक्तिको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न पक्राउ पर्नेहरूमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ का २२ वर्षीय निपु मण्डल, सोही गाउँका १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत, बिहार घर भई काठमाडौँको दक्षिण ढोका बस्ने २९ वर्षीय सुनिल शर्मा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो ।  गोकर्णेश्वर नगरपालिका ८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा राहुलको शव फेला परेको थियो । लेनदेनको विषयमा विवाद हुँदा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?