२६ जेष्ठ २०८२, आईतवार

सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ

११ असोज सर्लाही । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले नियन्त्रण लिएको छ ।

२१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको छ ।
प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ ।


एसपी सुवेदीका अनुसार मृतकको गलामा निलडाम देखिएपछि शंका लागेर शव नियन्त्रणमा लिइएको हो ।
मनीषाको बुधवार बेलुका मृत्यु भएको जानकारीमा आएको थियो । प्रहरीलाई ढिलै सूचना आयो । हामीले जलाउन लाग्दै गर्दा हामीले बुधवारै नियन्त्रणमा लिएका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0