सर्लाहीमा विभिन्न दल परित्याग गरी हजारौं कार्यकर्ता नेसपा प्रवेश
सर्लाही, २०८१ चैत्र ०६ — सर्लाहीमा विभिन्न राजनीतिक दल परित्याग गरी हजारौं कार्यकर्ता नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका छन्। जसपा नेपाल, नेकपा एमाले , नेपाली कांग्रेस, लोसपालगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रम नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व खानेपानी मन्त्री महेन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न भयो। अध्यक्ष यादवले नवप्रवेशीहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे।
नेपाल समाजवादी पार्टीमा प्रवेश गर्ने प्रमुख नेताहरूमा वीरेन्द्र राय, पूर्व वडा अध्यक्ष श्याम बाबु राय यादव, गौरी शंकर राय यादव, राम एकवाल राय, बाला लखिन्दर राय यादव, लालू राय यादव, उमाशंकर गुप्ता, सतिश सिंह लगायतका व्यक्तित्वहरू रहेका छन्।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान






Post Comment