मकवानपुरमा ग्यास बुलेट दुर्घटना
मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित एचआईडी गेटअगाडि ग्यास बुलेट दुर्घटना भएको छ।
बिहीबार बिहान ७:१५ बजे वीरगन्जबाट धादिङको धार्केतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (एनएल ०१ एए ५००७) को ग्यास बुलेट ब्रेक फेल भएर विपरीत दिशाबाट आइरहेको ट्रक (ग.१ ख ९४८१) संग ठोक्किँदा सडकमा पल्टिएको हो।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले दुर्घटनाका कारण सडक अवरुद्ध नभएको जानकारी दिए। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment