रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
४ चैत, काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन । महाधिवेशनको तयारी, समसामयिक राजनीतिक तथा पार्टीको भावी नीति र योजना लगायत विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको हो’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment