२६ जेष्ठ २०८२, आईतवार

स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने सरकारको निर्णय

 

२१ फागुन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् । डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उनीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?