पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते
१५ फागुन, पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।
भारी वर्षाका कारण प्रान्तको कलाका जिल्लामा बाढी आएको थियो। गत सोमवारदेखि अफगानिस्तानको अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। अफगानिस्तानको मौसम विभागले देशका ३४ प्रान्तमध्ये ३२ वटामा हिमपात र छिटपुट वर्षासँगै अचानक आएको बाढीको पूर्वानुमान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment