१२ चैत्र २०८२, बिहीबार

हङकङको एक रेस्टुरेन्टमा आगलागी

 

१ फागुन,  हङकङको वोङताई सिनमा रहेको रेस्टुरेन्टमा बिहीबार बिहान आगलागी भएको छ। वोङताई सिनमा रहेको फङताक स्टेट मलभित्र रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। रेस्टुरेन्टको भान्छाबाट आगलागी सुरु भएपछि रेस्टुरेन्टका ग्राहकलाई तत्काल बाहिर निकालिएको थियो।

आगोलाई अग्निनियन्त्रकको टोलीले नियन्त्रणमा लिइसकेको छ। घटनामा मानवीय क्षतिको रिपोर्ट नगरिएको स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले जनाएको छ। प्रसारित तस्बिरहरूमा मलको निकास पाइपबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ।

Post Comment

छुटाउनुभयो कि ?