आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
३ माघ, काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले सुदूर र कर्णालीसँगै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment