२६ जेष्ठ २०८२, आईतवार

भरुवा बन्दुकसहित पाँचजना पक्राउ

 

२८ पुस,  सुनसरी : भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान,  बारुद र खुकुरी १ थानसहित इटहरी उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?