२६ जेष्ठ २०८२, आईतवार

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

 

२४ पुस,  काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधवार बसेको बैठकले छलफलपछि मूलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन दिएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरे लगत्तै यस्तो निर्देशन दिएको समितिले जनाएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुने गरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने समावेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment