प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
२० पुस, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गरेका छन् । सडक उद्घाटन कार्यक्रममा उनले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पुर्याउने बताए ।
प्रधानमन्त्री ओलीले सडक पूर्वाधारले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालाहरू र स्थानीयवासीको उपस्थिति थियो । सडकको उद्घाटनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका थिए ।सडक सञ्चालनमा आएसँगै सोलुखुम्बुका पर्यटकीय क्षेत्रहरूमा सहज पहुँचका लागि यातायात थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । यस सडकको निर्माणले खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने स्थानीय व्यवसायीहरूले बताएका छन् ।
Post Comment