९ श्रावण २०८२, बिहीबार

युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण, दश जनाको मृत्यु

 

२७ मंसिर, युक्रेन- युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रुसी आक्रमणमा परी दश जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन्। दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मंगलबार भएको यो पछिल्लो आक्रमणमा दश जनाको मृत्यु र २२ जना घाइते भएका छन्।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या दश पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभको भनाइ छ। गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको छ।रुसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन्। गत शुक्रबार पनि जापोरिझियामा भएको रुसी आक्रमणमा दश जनाको मृत्यु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?