थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
१५ मंसिर, एजेन्सी – दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान मृत्यु भएकाृ छ । यस्तै १३ हजार भन्दा बढी विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।
उद्धार टोलीहरूले डुङ्गा लगायतका सामाग्रीको प्रयोग गरेर फसेका बासिन्दाहरूको उद्धार गर्ने प्रयास गरिरहेको उनीहरुले बताए । स्थानीय मिडियाहरुले प्रसारण गरेका फुटेजमा बासिन्दाहरू तथा गाढीहरू बाढीको सडकमा डुबेको देखाइएको छ । दक्षिणी थाइल्यान्डका आठ प्रान्तमा आएको बाढीले पाँच लाख ५३ हजार ९२१ घरपरिवारलाई प्रभावित गरेको तथा एजेन्सीहरूलाई तत्काल सहायता परिचालन गर्न निर्देशन दिएको देशको विपद् एजेन्सीले आधिकारिक पेज मार्फत जनाएको छ ।
विस्थापितहरुलाई विद्यालय तथा मन्दिरहरूमा अस्थायी आश्रय स्थलहरू स्थापना गरी स्थानान्त्रण गरिएको स्रोतले जनाएको छ । तटीय सोङ्खला प्रान्तकी बासिन्दा नाम्पाले थाई पिबिएसलाई घट्दो खाद्यान्न आपूर्तिको बारेमा चिन्तित रहेको बताएका छन् । नजिकैको पट्टनी प्रान्तका दुई अस्पतालहरूले बाढीले चिकित्सा सुविधाहरूलाई क्षति पुग्ने भएकाले असपतालका सेवा स्थगित गरेका छन् ।
Post Comment