मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
९ मंसिर, सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। शनिबार बेलुकी ७:५० बजे सिन्धुलीको कमलामाइ नगरपालिका-९ इनारपानीमा भिमानबाट चन्दनपुर जाँदै गरेको ना ४७ प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरालिका-२ हङकङडाडाका २५ वर्षीय नारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिलकुमार खड्काले जानकारी दिए। डिएसपी खड्काका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँ साइडको पिलरमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए।उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा शनिबार बेलुकी ८:२७ बजे मृत्यु भएको हो।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।
Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment