सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते
काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् । सो क्रममा भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् ।

बा १९ च ३६९५ नम्बरको भुजेलको गाडीको ठक्कर दिएको हो । मोटरसाइकल पछाडि बस्ने सानुमाया नगरकोटी गम्भीर घाइते भएपछि ग्रान्डि अस्पताल धापासीलगिएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले भुजेललाई नियन्त्रणमा लिन खोज्दा भागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले आक्रोशित स्थानीयहरूको भीड लागेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी घटनास्थलमा पुगेका छन् ।




Post Comment