बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
२६ कार्तिक, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ डार्केफाटमा बोलेरोले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले ठक्कर दिँदा बेनीघाट–२ की १९ वर्षिय अनिशा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

मृतक बागेश्वरी मावि रिचाकटारमा अध्यायनरत विद्यार्थी हुन् । दुर्घटनामा २६ वर्षिय प्रशंसा मिजार घाइते भएकी छिन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए । अर्काे सवारीमा चढ्न लागेका दुई जनालाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment