पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
९ कार्तिक, पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो । सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा परि कम्तीमा २० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । डेरा इस्माइल खानको दरबान इलाका चेकपोस्टमा भएको आक्रमणमा ४ सुरक्षाकर्मीको मृत्यु भएको हो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment