२६ जेष्ठ २०८२, आईतवार

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ

 

२ कार्तिक, काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न पार्टी कार्यालय चमती पुगेको रास्वपाले जानकारी गराएको छ ।

पार्टी प्रवक्ता मनिस झाले प्रहरी सभापति पक्रन पार्टी कार्यालय पुगेको पुष्टि गरे । उनले अबको आधा घण्टापछि प्रहरीसँग सभापति सडक मार्ग भएर पोखरा जाने बताए । झाले राजनीतिक प्रतिशोध साध्न सरकारले काम गरेको समेत बताए ।

उनले भने, ‘प्रहरीलाई सघाउ, कुनै अवरोध नगरौँ । हामी फरक राजनीतिक गर्न आएका छौँ । प्रहरीलाई प्रतिकार नगरौँ । अब आधा घण्टामा सभापति पार्टी कार्यालयबाट ओर्लिएर पोखरा जानुहुन्छ । उहाँ सडक मार्ग भएर पोखरा जानुहुन्छ । उहाँको साथमा हामी पनि केही जान्छौँ ।’झाका अनुसार सभापतिले केही कुरा राखेर पोखरा जाने सहमति भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment