२६ जेष्ठ २०८२, आईतवार

तेलको ट्याङ्करभित्र ३९२ किलो गाँजा, दुईजना पक्राउ

 

२२ असोज, हेटौंडा । मकवानपुर प्रहरीले तेल ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपलिका वडा नम्बर १५ रातोमाटेबाट गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ट्याङ्कर चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं। ९ ज्यामिरे २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई जाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेकोप्रहरीले  जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0

Post Comment