२६ जेष्ठ २०८२, आईतवार

बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न

 

१४ असोज ,काठमाडौं– एघार दिन लामो राष्ट्रसंघीय महासभामा सहभागितापछि सोमबार काठमाडौं उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा पत्रकाहरूसँग केही बेर नोकझोंक गरे।

प्रश्नोत्तर सत्रमा पत्रकारहरूले सुरुमै आक्रमक प्रश्न गरे । परराष्ट्रमन्त्रालयका सहसचिव अमृतबहादुर राईले उपलब्धि वर्णन गरिसकेपछिको सवाल-जवाफका क्रममा पत्रकारहरूले नेपालमा यति ठूलो विपत्ति आउँदा पनि किन फर्किन ढिला गरेको भनेर घेर्ने कोसिस गरे ।त्यसक्रममा उनलाई बाढीपहिरोको विपत्तिपछि राष्ट्रसंघको उपलब्धि सुनाउन आग्रह गर्दा ओलीले आफू भैंसी दुहुन नगएको जवाफ दिए ।त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा ओलीसँग पत्रकारहरूले बाढीपहिरोको विपत्तिबारे दुई प्रश्न गरे ।

–चौतर्फी रुपमा विपद्को बेला सरकारको भूमिका देखिएन अथवा भनौँ लज्जास्पद भूमिका रह्यो भन्ने छ के भन्न चाहनुहुन्छ ?

विरोधका लागि विरोध होला । सरकारले गर्नेसम्मको प्रयास तत्काल मिटिङहरू बसेर, तत्काल सेना-प्रहरी खटाएर उद्धार कार्यहरू गरेको छ । अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो । र, पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर जाँदैन । पहिरो गएपछि क्षति पुर्‍याउने नै भयो । त्यसमा सरकारले तदारुकताका साथ उद्धार कार्य, रारहत कार्य पुर्‍याउने हो ।

त्यो काम सरकारले पुर्‍याएको छ भन्ने मलाई लाग्छ । मैले बाहिर हुँदा पनि यस विषयमा जानकारी लिइरोखको छु । र, आफ्नो मातहतका साथीभाइहरूलाई, निकायहरूलाई पनि निर्देश गरिराखेको छु । मैले पाएको जानकारी अनुसार आफ्नो बलबुताअनुसार सरकार र यसका निकायले काम गरेका छन् । विरोधका लागि विरोध गर्ने परिपाटी राम्रो होइन । यस्तो संवेदनशील बेलामा हामी सबै मिलेर यथार्थपरक ढंगले चल्नु वाञ्छनीय हुन्छ । न कि विरोध गर्नका लागि विरोध गर्ने खालको स्थिति राम्रो हुँदैन भन्ने लाग्छ मलाई ।

–तपाईं आइसकनु भयो । अब के हुन्छ सरकारको भूमिका ?

अझ प्रभावकारी ढंगले उद्धारका कामहरू, राहतका कामहरू, पुनर्निमाणका कामहरू अगाडि बढ्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment