२६ जेष्ठ २०८२, आईतवार

प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो

 

१० असोज ,सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् ।

काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम पनि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ । बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानुपर्ने बिरामी भएपछि छविलाई उपचारका लागि अस्पताल लगिएको छ ।  उनलाई हल्का निमोनियाको

लक्षण देखिएको प्रहरीले जनाएको छ । रुघाखोकीले समेत ग्रस्त भएपछि बयानमा नलगिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । जोशीलाई मंगलबार दुई घण्टा सरकारी वकिल कार्यालयमा सोधपुछ गरिएको थियो । उनी बुधबारदेखि बिरामी भएको प्रहरीले जनाएको छ ।गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका व्यापारिक साझेदार

छविले सहकारीको रकम अपचलनबारे आफूलाई जानकारी नभएको संसदीय विशेष छानबिन समितिमा बयान दिएका थिए । समितिले जीबी, रवि र छविसहितलाई कारबाहीको सिफारिस गरेको थियो ।​ जीबी अहिले मलेसियामा छन् । रवि भने आफ्नो बचाउका लागि सामाजिक सञ्जालमार्फत् समर्थक र शुभेच्छुकसँग अनुनयविनय गरिरहेका छन् । प्रहरीले यसअघि रविलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो । तर, अब

छविको बयानपछि मात्रै रविलाई पक्राउ गर्ने कास्की प्रहरीको तयारी छ । छविलाई संगठित अपराधमा मुद्दा दर्ता गरेकाले रविलाई पक्राउ गरेर बयान नलिई मुद्दा नटुंगिने प्रहरीले जनाएको छ ।छविले प्रहरीले पक्राउ गर्दा नै आफूभन्दा धेरै जानकारी रवि र जीबीलाई भएको भन्दै उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न भनेका थिए ।  मलेसियामा लुकेर बसेका भनिएका जीबीविरुद्ध डिफ्यूजन र रेड नोटिस जारी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?