२६ जेष्ठ २०८२, आईतवार

दुई वटा संसदीय समितिको बैठक बस्दै

 

१७ भदौ , भदौ,काठमाडौँ- दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ ।जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।  त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?