पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु
१४ भदौ , पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।
सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।” पहिरोमा परी मृत्यु भएका उनीहरू एकै परिवारका सदस्य थिए र घरभित्र सुतिरहेका थिए । भग्नावशेषबाट सबै शव निकालिएको र पहिरोले ल्याएको माटो र ढुङ्गाको थुप्रोलाई हटाउने काम जारी छ । पाकिस्तानका केही भागमा अहिले मुसलधारे वर्षा भइरहेको छ, जसका कारण धेरै जिल्लामा आकस्मिक बाढी, डुबान र पहिरोको समस्या देखिएको छ । ![]()
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment