नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते
चितवन — नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आइतबार बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो ।
घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस सडकमा पल्टिएका कारण बाटो एकतर्फी भएको छ ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment