८ श्रावण २०८२, बुधबार

खोलाले बगाएकी महिला १० किलोमिटर टाढा मृत भेटिइन्

१ भदौ , रोल्पामा खोलामा बगाएकी महिला मृत भेटिएकी छन्। रोल्पाको गंगादेव गाउँपालिका– २ हेलुङ खोलाकी ६५ वर्षीया तुलसी कामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार उनको शव शुक्रबार बेलुकी ६ बजेतिर घटनास्थलदेखि १० किलोमिटर टाढा माडी गाउँपालिका– १ रिसम्जास्थित चिउरीघाट खोला किनारमा फेला परेको हो। तुलसी साउन ३१ गते बुलेका पौने ८ बजेतिर सुख्खा ओडार बजारबाट गोरेटो बाटो हुँदै घर जाने क्रममा लडेर सुक्खा ओडार खोलामा खसेकी थिइन्। तुलसीको शव दुई ढुंगाकोबीचमा अड्किएको अवस्थामा फेला परेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?