पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । केहीबेरअघि दर्ता भएकाे अख्तियार उच्च स्राेतले बतायो ।
कुटपिटबाट घाइते किशोरको मृत्यु

२२ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार […]
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा

२१ जेठ, विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो । बरामद गाँजा ११२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार सुनसरीको […]
अनलाइन बेटिङमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ

२० जेठ, काठमाडौं । अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्। पक्राउ पर्नेहरूमा […]
लामो समयदेखि किसानले पाएनन् दूधको भुक्तानी, ४ अर्ब बाँकी

१८ जेठ, काठमाडौं । सरकारी तथा गैरसरकारी संस्थाहरूले आइतबार देशभर विश्व दुग्ध दिवस मनाए । प्रत्येक वर्ष तामझामका साथ दुग्ध दिवस मनाइरहँदा किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन् । किसानले दुग्ध सहकारी, निजी डेरी उद्योग तथा दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको पैसा लामो समयदेखि पाएका छैनन् । करिब ४ अर्ब भुक्तानी बाँकी […]
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो

१९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ । सबैभन्दा धेरै यूएई जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले […]
यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् । ‘उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ’, थापाले भने । यातायात व्यवसायीहरूले गण्डकी […]
पर्साबाट अवैध लागूऔषध गाँजा बरामद

१९ जेठ, पर्सा। जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडि चालक फरार भएपश्चात् मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

१९ जेठ, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-२ बस्ने २० वर्षीय चन्द्र बहादुर सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी […]
विमानमा सर्प तस्करी : दर्जनौं विषालु भाइपरसहित भारतीय पक्राउ

थाइल्यान्डबाट मुम्बई आएका एक भारतीय नागरिकले दर्जनौं विषालु सर्प तस्करी गरेको भन्सार अधिकारीहरूले बताएका छन्। ४४ इन्डोनेसियाली पिट भाइपरसहितका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सार कार्यालयले आइतबार राति विज्ञप्तिमार्फत जनाएको छ। ‘थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ,’ भन्सार कार्यालयले भनेको छ। ती व्यक्तिसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर र पाँच एसियाली कछुवा पनि […]
