रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

  ४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् । ‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ […]

रविको हिरासतको फोटो सार्वजनिक गरेको अभियोग, ५० हजार धरौटीमा रिहा भए डा निकोलस

  ४ माघ,  पोखरा : रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्बिर खिचेर सामाजिक सञ्जालबाट सार्वजनिक गरेर साइवर अपराधको अभियोग लागेका डा निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन्। कास्कीको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा न्यायिक हिरासतमा रहेका लामिछाने हिरासत कक्षमा सुतिरहेको तस्बिर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो सभापतिविरुद्ध गम्भीर षड्यन्त्र भएको […]

भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

  ४ माघ , इस्लामाबाद : अल-कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा इस्लामाबादको एक अदालतले पहिले नै जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना सुनाएको छ। सोही मुद्दामा इमरान खानकी श्रीमती बुशरा बीबीलाई सात वर्षको जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना सुनाएको छ। अदालतले सरकारलाई अल-कादिर […]

यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ

  ४ माघ,  काठमाडौँ —  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज […]

त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द

  ४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । गत भदौदेखि स्वास्थ्य बीमा कार्यक्रमले पठाएको नयाँ दररेट लागू गर्न नसक्ने भन्दै अस्पतालले बीमामार्फत सेवा दिन छोडेको हो । अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रियालगायतका सेवा पूर्ण रूपमा ठप्प छन् । त्रिवि शिक्षण […]

रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ

    ४ माघ, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्म अदालतबाट दोषी ठहर भएका २ सय ६४ जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले आर्थिक बर्ष २०८१-०८२ को पहिलो ६ महिनाको प्रगति बिबरण सार्वजनिक गदै बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त पक्राउ गरी […]

रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु

  ४ माघ, बुटवल । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट छन् । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीया कृष्ण केवटले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते […]

लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा

  ४ माघ, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो । झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई […]

दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु

  ४ माघ, जुबा । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ)बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । ‘बुधवार साँझ पनि लडाइँ जारी […]

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात

  ३ माघ,  काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । ‘एक व्यक्तिले दुर्व्यवहार गरेको हो । सामान्य घटना भएको हो । गोरखाको पोखरेल थरका व्यक्ति रहेछन् । […]