आर्मी हेडक्वार्टरअघि भेला भएका जेन जीबीच नै कुटाकुट

२६ भदौ, काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूह देखिएका छन् ।यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका युवाहरूबीच नै कुटाकुट भएको छ । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै […]
जेनजी प्रदर्शनका क्रममा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो

२६ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको […]
देशभरबाट १४ हजार ३०७ कैदीबन्दी फरार, १२ हजार ८५२ जना अझै बाहिरै

२६ भदौ, काठमाडौं । Gen-Z आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ लाई […]
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला

२६ भदौ, काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ । अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ, जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली […]
कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ, १२ हजार ८५२ अझै फरार

२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका […]
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि

२६ भदौ, काठमाडौं । पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले बताए अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन । उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका […]
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको छ। घटना युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा भएको हो। किर्क त्यहाँ ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी भएका थिए । सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका […]
काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने

२६ भदौ, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीमा बम भेटिएको छ । नयाँ बस्तीको ध्यानकुटी बिहार भित्रको चोकमा बुधबार बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए । बनेपा ९ मा नयाँ बस्तीमा फेला परेको सकेट बम प्राविधिक कारण भोलि बिहान मात्रै निष्क्रिय पारिने छ । रातभर सेना र […]
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृ*त्यु, १४ जना घाइते

२६ भदौ, रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका […]
मृ*तक प्रहरीको संख्या ३ पुग्यो

२५ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ । यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको बताइएको छ । मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको […]
