२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा

२८ पुस, मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ । गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा […]
सप्तरीमा ६७० किलो गाँजा बरामद

२८ पुस, सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो । परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी […]
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ

२७ पुस, धनगढी । कैलालीको विभिन्न स्थानबाट लागू औषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी […]
बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

२७ पुस, बर्दिया — प्रहरीले एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला अदालत, बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । अदालतबाट ०७९ साल […]
पाँच महिनामा देशभरबाट ५८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ

२६ पुस, पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान […]
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर

२६ पुस, धनगढी । कैलालीको टीकापुर नगरपालिकाका उप्रप्रमुख खडक बहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा दोषी देखिएका छन् । विशेष अदालत काठमाडौँले सो जग्गा प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै शाहसहितलाई कैद र जरिवाना भराउने फैसला गरेको छ । विशेष अदालतले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैरकानुनी तवरले व्यक्ति विशेषका […]
१० किलो गाँजासहित तीन भारतीय पक्राउ

बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका […]
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

२५ पुस, सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्कीए समर्थित समूह र कुर्द नेतृत्वको सेनाबीच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ।संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुविरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ। सिरियाली युद्ध अनुगमन संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले कुर्दिश […]
अख्तियार कार्यालयबाटै घुससहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । उनी गत २८ मङ्सिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए । आरोपपत्रमा […]
त्रिभुवन विमानस्थलबाट सुनसहित २ युवती पक्राउ
२५ पुस, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ […]
