बहुविवाह मुद्दामा प्रहरीका डीएसपी मधु नेपाल पक्राउ

  २४ मंसिर, बुटवल। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई  पक्राउ गरेको  हो । उनी जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए […]

अमेरिकी रक्षामन्त्रीमाथि दुईजनाको ह*त्या आरोप

  २४ मंसिर, काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुईजनाको हत्या गरेको गम्भीर आरोप लगाइएको छ । योसँगै उनको पद खतरामा परेको छ । यो प्रकरणसँग सम्बन्धित ४० मिनेटको एउटा ‘गोप्य’ भिडियो पनि सार्वजनिक भएको छ । त्यसमा क्यारेबियन सागरमा ड्रोन आक्रमण गरी मानिसको हत्या गरिएको देखाइएको छ । उक्त घटनापछि अमेरिकी संसद् ९कंग्रेस०ले रक्षा मन्त्रालय […]

पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग

  २३ मंसिर, पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग  ५ लाख धरौटी माग गरेको छ। त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी मागेको छ। मंगलबार विशेष अदालतका सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा उनीहरूसँग उल्लेखित धरौटी लिएर रिहा गर्न आदेश भएको हो। […]

टिओबीका तेञ्जिङ ५ लाख २० हजार धरौटी बुझाएर रिहा

  २३ मंसिर, काठमाडौं । टिओबी गुप्रका नेता तेञ्जीङ दावा लामा धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।  जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामाविरुद्ध विभिन्न ४ कसूरमा मुद्दा दर्ता गरिएको थियो। उनीविरुद्ध अनुसन्धान सकाएर […]

दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

  २३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले तीन जनालाई पक्राउ गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भइ बुढानिलकण्ठ बस्ने ४४ […]

टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता

२३ मंसिर, काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ । करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध अहिले लागुऔषधको कसुरका साथै […]

चिर्पटले हानेर बुवाको ह*त्या गरेको आरोपमा छोरी पक्राउ

  २३ मंसिर, दैलेख । दैलेखमा ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरको हत्या गरेको आरोपमा उनकै छोरी पक्राउ परेकी छिन् ।​ पक्राउ पर्नेमा नौमुले गाउँपालिका- ५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगर रहेकी प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । तिर्सनाले काठको चिर्पट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका […]

चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड

  २३ मंसिर, चीन । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा […]

झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

  २३ मंसिर, काठमाडौं । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- १ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले […]

काठमाडौंको कुलेश्वरबाट साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

  २२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न १ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटि गएको टोलीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ९ घर […]