नक्कली लाइसेन्स प्रकरण : ७ जना सीआईबीको हिरासतमा

२१ वैशाख, काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ परेका सातै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले नक्कली लाइसेन्स बनाउने काममा संलग्न भएका […]
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

१६ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स […]
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्यो सामग्री

१५ वैशाख, इलाम । इलाम- २ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान गराएको पाइएको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको […]
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता […]
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

१३ वैशाख, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका […]
पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त

काशिन्द्र शर्मा १३ वैशाख, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ । न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी फुटेजमा पत्रकार यादवको हत्या भएको आशंकालाई हत्या नै भएको भनेर प्रष्ट पार्न काफी देखिन्छ । धनुषाको एक होटेलको सिसिटीभी फुटेजले पत्रकार यादवको […]
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ वैशाख, काठमाडौं । उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सव–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ

१३ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ । रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र […]
जनकपुरधाममा नवजात शिशु मृत फेला

मौसम झा पाठक ११ वैशाख, जनकपुर। जनकपुरमा नवजात शिशु मृत फेला परेको छ । जनकपुरको रामानन्द चौक स्थित रहेको बागवानी अगाडी नालामा मंगलबार साँझ ४:३० बजे एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ फालेको जस्तो […]
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा

१० वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो । चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेशन युपीबाट लिएको हाइस्कुलको शैक्षिक प्रमाणपत्र नक्कली […]
