स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ

२१ मंसिर, सर्लाही । सर्लाहीमा स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १२ लाख २९ हजार नेपाली रुपैयाँ नगदसहित भारतको बिहार राज्य, सोनवर्षा–२ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ब्रहम्पुरी गाउँपालिका–४ अन्तर्गत त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटो हुँदै BR 30 Y 3287 नम्बरको मोटरसाइकलमा […]

सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद

२१ मंसिर, सर्लाही । सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको […]

दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो

२० मंसिर, काठमाडौं । दाङको लमहीमा गोली चलेको छ । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो । जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् । घाइते भएका उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले […]

तोरीमा छरेको विषादीले नौ वटा मृगको मृ*त्यु

  २० मंसिर, काठमाडौं । नवलपुरमा एकैदिन एकै ठाउँमा नौवटा मृग मरेका छन् । जिल्लाको देवचुली नगरपालिका–१३ मा रहेको मातृभुमी मध्यवर्ती सामुदायिक वनमा नौ वटा मृग मृत फेला परेका हुन्  । प्रारम्भिक अनुसन्धानबाट किसानले तोरीमा छरेको विषादीका कारण मृग मरेको हुन सक्ने देखिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । सबै […]

रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

  १७ मंसिर, रौतहट। रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमा क्षेत्रबाट नक्कली नेपाली नोट सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राऊ गरेको छ। मङ्गलवार साँझ ५ बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर–०५–एटी–०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण, चैनपुर […]

सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

१६ मंसिर, रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ […]

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

  १६ मंसिर, रौतहट । पर्सा प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको  सडकमा मंगलबार बिहान  पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा […]

४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ

  १५ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी […]

प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ

१४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । सीआईबीेले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो । पछिल्लो समय शेरचनविरुद्ध बैंकिङ कसुर अरोपमा पछ्याइरहेको बताउँदै सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । ‘बैंकिङ कसुर अरोपमा शेरचनलाई बैंकको केन्द्रीय कार्यालयबाट […]

जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या

१४ मंसिर, बारा बारामा एउटा पानी फ्याक्ट्रीका म्यानेजरको हत्या भएको छ। प्रसौनी गाउँपालिका ६ भुलही चोकमा रहेको किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का म्यानेजर रामकिशोर सिंहको मंसिर ११ गते राति ८ः२५ बजे हत्या भएको थियो। उनको हत्या कम्पनीकै सवारी चालकले गरेको खुलासा भएको छ। पर्साको वीरगन्ज महानगरपालिका २२ मनियारीका २१ वर्षीय राजनकुमार रामले आफ्ना साथीसँग […]