इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ

१० माघ, इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि अभिषेक शर्माले सानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ५ चौकासहित ७९ रनको पारी […]
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत

१० माघ, काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा […]
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

९ माघ, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना भएको आन्याङ प्रहरीले जनाएको छ, जसमा १२ वटा सवारीसाधन फरकफरक रुपमा क्षतिग्रस्त भएका […]
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो

९ माघ, काठमाडौं : आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो। मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ। समूह […]
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो । लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)लाई बुझाइएको छ । […]
बङ्गलादेशको विमानस्थलमा बमको धम्की, हतारमा ओरालियो यात्रु

९ माघ, इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ। ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो। विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे। रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए। विमानले बिहान ९:२० […]
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

९ माघ, मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ। टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो। अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो। नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्। नेपाल सुपर ६ […]
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

९ माघ, – भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए । घाइतेहरूलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको […]
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल

९ माघ, आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आज नेपालले आफ्नो समूहको अन्तिम खेल खेल्दैछ। समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लगेको हो। मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ। सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ। किनभने यसअघि समूहका दुई खेलमा […]
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

९ माघ, काठमाडौं । उत्तरपश्चिम टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । बोलु प्रान्तको कार्तलकायामा अवस्थित १२ तले ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो । त्यतिबेला होटलमा २३४ पाहुना थिए । आगलागीपछि कतिपय मानिसहरु आत्तिएर होटलबाट हामफालेका […]
